दफा ५५८
वस्तु हस्तान्तरण गर्नु पर्ने समय

(१) करारमा कुनै वस्तु कुनै खास समयमा वा कुनै खास अवधिभित्र हस्तान्तरण गरिसक्नु पर्नेछ भनी उल्लेख भएकोमा बिक्रेताले क्रेतालाई त्यस्तो वस्तु सोही समय वा अवधिभित्रमा हस्तान्तरण गरिसक्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बिक्रेताले करारमा तोकिएको समय वा अवधिभन्दा अगावै वा त्यस्तो समय वा अवधि नाघिसकेपछि हस्तान्तरण गरेको वस्तु क्रेताले बुझिलिएमा बिक्रेताले वस्तु हस्तान्तरण गरेको मानिनेछ ।